बनेपा बजारका कुनै पनि पसलमा मूल्य सुची छैन



प्रकाश सुन्दास,काभ्रे,भदौ २८ । 

मध्यपहाडी जिल्लाहरुकै प्रमुख व्यापारीक केन्द्र काभ्रेको बनेपा बजारका अधिकांश पसलहरुमा मूल्य सुची नरहेको पाइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले मूल्यसुची राख्न देशभरका व्यवसायीहरुलाई आग्रह गर्दा पनि काभ्रेका व्यवसायीहरुले भने बेवास्ता गरिरहेको पाइएको छ । 

 अधिकांश व्यवसायीहरुले घरेलु तथा साना उद्योग कार्यालयबाट इजाजतपत्र नलिइ व्यापार व्यासाय सञ्चालन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख अर्जुनकुमार मण्डलले बताउनुभयो । मूल्य सुची नभएकै कारण दैनिक उपभोग्य बस्तु खरिदमा सेवाग्राही ठगिने क्रम बढेको उपभोक्ता हित संरक्षण मञ्च काभ्रेका अध्यक्ष हरिशरण दाहालले बताउनुभयो । काभ्रेमा प्रमुख जिल्ला अधिकारी नहुदा बजार अनुगमनसमेत हुन सकेको छैन । बनेपा बजारमा सञ्चालनमा रहेका पतिपय डिपाडमेण्ट स्टोरहरुमा म्याद नागेको खाद्य बस्तु विक्री हुने गरेको पाइएको छ ।

Related

प्रमूखखबरहरु 4212459192695124098

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item