काभ्रे काङ्ग्रेसमा फेरी विवाद, तरुण दलको प्रशिक्षण नै बहिष्कार
http://sindhulidarpan.blogspot.com/2012/09/congress.html
प्रकाश सुन्दास, काभ्रे,भदौ २८ ।
नेपाली काङ्ग्रेस काभ्रेमा फेरी पनि विवाद चर्किएको छ । काङ्ग्रेस भ्रातृ संगठन तरुण दलको केन्द्रीय कमिटीले बनेपामा आयोजना गरेको दुई दिने मध्यमाञ्चल स्तरीय प्रशिक्षण अघि बृहतसभा नाम दिइएको कार्यक्रम संस्थापन पक्षले बहिष्कार गरेपछि विवाद बाहिर आएको हो ।
काभ्रे काङ्ग्रेसको जिल्ला कार्यसमितिमा संस्थापन पक्षको बहुल्य रहेका कारण देउवा उपस्थित हुने कार्यक्रममा सहभागिता नजाउन संस्थापन पक्षले एकलौटी निर्णय गरेर कार्यर्ताहरुलाई उर्दी जारी गरेको देउवा पक्षीय नेताहरुले आरोप लगाएका छन् । विवाद बढेपछि काभ्रेमा पहिले विभिन्न संचार माध्यममार्फत संस्थापन र देउवा पक्षीय नेताहरुले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम बढेको छ ।
जिल्ला सचिव शंखबुद्ध लामाले जिल्ला कार्यसमितिलाई स्पष्ट जानकारी नगराएकाले तरुण दलको कार्यक्रममा सहभागिता जनाएको बताउनुभयो । देउवा पक्षीय मानिने पूर्व जिल्ला सभापति मधु आचार्यले देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएकै कारण पार्टी जिल्ला कमिटीले वास्ता नगरेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सभापति शिव हुमागाईलगायतका कार्यसमितिका व्यक्तिहरुले पार्टीको लेटर प्याडसमेत दुरुपयोग गरेको भन्दै छानविन गरी त्यस्तो कार्य तत्काल रोक्न पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !