सिंहको सम्मानमा सरकारी झण्डा आधा झुकाइने
http://sindhulidarpan.blogspot.com/2012/09/news_7878.html
काठमाण्डौ,भदौ २८ ।
सरकारले गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सम्मानमा आज सरकारी कार्यालयका झण्डा आधा झुकाउने भएको छ । हिजोको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सिंहको राष्ट्रिय सम्मानका लागि आज सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगमा झण्डा आधा झुकाउन लागिएको हो ।
सरकारले राष्ट्रिय गौरबको व्यक्ति घोषणा गर्न पनि राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष सिफारिस गरेको छ । ७७ बर्षको उमेरमा हिजो बिहान निधन भएका सिंह हिजो नै राष्ट्रिय सम्मानका साथ सिंहको अन्त्येष्टि गरेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !