अज्ञात समुहवाट दम्पतीको हत्या
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_2234.html
दैलेख,चैत १
दैलेखको रानीवन गाविस ८ कार्पीखोलामा एक दम्पतीको हत्या भएको छ । सोमबार राती घरमा सुतिरहेको अवस्थामा रानीवन ८ का ५६ वर्षका शक्तबहादुर शाही र उहाँकी श्रीमती नानी शाहीको सामुहीक हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरी प्रमुख सुदर्शन थापाका अनुसार घटनाबारे अध्ययनको लागि जिल्ला र गैडावाज प्रहरी चौकीबाट प्रहरी घटनास्थलतर्फ गएको बताउनुभयो । दैलेख सदरमुकाममा सिकर्मी काम गर्ने शाही घरमा गएको बेला अज्ञात् समूहद्वारा हत्या गरिएकोले थप अनुसंन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !