दोलखाको ग्रामीण पुर्ननिर्माण आयोजनाका योजना पूरा नहुने सङ्केत


शेरबहादुर भुजेल
 दोलखा,चैत १ 
दोलखाको भौतिक विकासका लागि ठुला दातृ निकायले चासो नदेखाएको बेला यहाँ सञ्चालित ग्रामीण पुननिर्माण तथा पुनस्र्थापना आयोजनाले सञ्चालन गरेको कार्यक्रम पनि पुरा नहुने संकेत देखिएको छ । एसियाली विकास बैंक, स्वीस सरकार विकास नियोगलगायतका अन्य दातृ निकायको संयुक्त लगानीमा दोलखामा सञ्चालित आयोजनाले तीन ठुला सडक आयोजना सहित १३ वटा खानेपानी आयोजना, २० वटा झोलुङ्गे पुल र अन्य पुरक पुर्वाधारका योजना सञ्चालन गर्दै आएको छ ।

 आयोजना सकिन अब ९ महिना मात्र बाँकी रहँदासम्म आयोजनाको काम ५० प्रतिशत भन्दा बढी रहेकाले कार्यक्रम पुरा नहुने संकेत देखिएको हो । आयोजना मार्फत दोलखा भित्रिएको करोडौंको बजेट फ्रिज हुने भएकाले जिल्लास्थित सरोकारवालाहरुले आयोजनालाई तोकिएको मितिमा कार्यक्रम सम्पन्न गर्न आग्रह गरेका छन् । जिल्लामा दातृ निकायको सहयोगमा सञ्चालित यो नै ठुलो आयोजना हो । जिल्ला विकास समिति दोलखा सँगको सहकार्यमा आयोजनाले काम गर्दै आएको छ । आयोजनाको कुल बजेट ३५ करोड १६ लाख भन्दा बढी भए पनि हालसम्म २० करोड ६१ लाख, ९२ हजार मात्र खर्च भएको छ । आयोजनाले सञ्चालन गरेको खानेपानी र झोलुङ्गे पुलका आयोजनाहरु भने पुरा भई हस्तानतरण भइसकेका छन् । सडक आयोजनाहरु ढिलाई हुनुको कारण पत्ता लगाई आवश्यक प्रक्रिया अघि बढाइने दोलखाका स्थानीय विकास अधिकारी ऋषिराज आचार्यले जानकारी दिनु भयो । 

Related

स्थानिय 3469520061719161149

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item