लागू औषध मुद्दामा फरार अभियुक्त पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_1033.html
महोत्तरी ,चैत १
महोत्तरीमा लागु औषध मुद्दामा लामो समयदेखि फरार रहेका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको छ । आज बिहान महोत्तरीको गौशाला २ बस्ने ४० वर्षका रामपुकार महतोलाई गौशालाको जिरोमाईलबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाएको ईलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक जयनारायण यादवले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !