नेपाली काङ्ग्रेस प्रशिक्षण अभियानमा


काठमाण्डौ,चैत १

नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिने भएको छ । सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयहरुमा काङ्ग्रेसले कार्यकर्ताहरुमार्फत आफ्नो धारणा जनतासम्म पु¥याउने अभिप्रायले प्रशिक्षण अभियानलाई तीव्रता दिने भएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । यही क्रममा नारायणी र जनकपुर अञ्चलका लागि चैत ६ र ७ गते वीरगन्जमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । सेती र महाकालीका लागि ९ र १० गते धनगढीमा र मध्यपश्चिमाञ्चलको भेरी, कर्णाली र राप्तीका लागि १२ र १३ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरिएको छ ।

 प्रशिक्षणमा केन्द्रीय सदस्य, सभासद्, जिल्ला सभापतिहरु, कार्यक्रम प्रशिक्षण समन्वय शाखाका प्रमुख तथा तोकिएका अन्य प्रतिनिधि सहभागी हुने छन् । हिमाल, पहाड र तराईमा रहेका जनतासँगको सम्बन्धलाई घनीभूत गर्दै पार्टीको सिद्धान्त, विगतमा गरेको सङ्घर्ष तथा समसामयिक सवालहरु र पार्टीको धारणाबारे प्रशिक्षणमा छलफल हुने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका प्रमुख एवम् नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।

Related

राष्ट्रिय 7369868922030367799

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item