२४ घण्टा धारामा पानी आउनेभएपछि रानीवासका स्थानियबासी हर्षित
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6097.html
चीना थापा
सिन्धुली,चैत १
तीन वर्ष अघिसम्म गर्मी मौसममा मुख धुन एक लोटा पानी पाउन कठिन हुने सिन्धुलीको रानीबास गाविसका बासिन्दा यतिखेर आफ्नो घर अगाडीको धारामा चौबिसै घण्टा चिसो पानी गाग्रीमा भर्न पाउदा दङ्ग परेका छन् । खाने पानी समस्याबाट काकाकुल बन्दैआएका उपभोक्ताले गाँउमा सञ्चालीत तल्लो खानेपानी योजना आफ्नो श्रमदान सहित २० लाख २५ हजार रुपियाको लागतमा निर्माण सम्पन्न गरेपछि उक्त सुविधा मिलेको स्थानिय बासिन्दा बताउछन् । योजना निर्माण उपभोक्ता समितीका सचिब टकलबहादुर बस्नेतका अनुसार योजनाको कुल लागतमध्ये ग्रामिण खानेपानी तथा सरफाई कोष विकास समितीको अनुदान सहयोग १५ लाख २५ हजार रुपिया रहेको छ । बाँकी पाँच लाख रुपिया बराबरको स्थानीय उपभोक्ताको जनश्रमदान रहेको छ । गाउँमा २६ वटा सर्वजनिक धारा जडान गरि उपभोक्तालाई खानेपानी वितरणको व्यवस्था मिलाईएको छ ।
उक्त खानेपानी योजना निर्माण पुरा भएपछि रानीबास गाविस वडा नं ४ र ५ का १३६ घर परिवार खानेपानी समस्याबाट मुक्त भएका उहाँले जानकारी दिनुभयो । बर्सेनी हामीलाई फागुन महिना देखि जेठ महिनासम्म खानेपानीको हाहाकार हुन्थ्यो, अब भने ढुक्क भएको छ, उपभोक्ता समितीका सचिब बस्नेत भन्नुहुन्छ,“गर्मिको बेला घर अगाडीको धारामा चौबिसै घण्टा चिसो पानी आउदा उपभोक्त दङ्ग परेका छौ । विगतमा खानेपानी लिन जाँदा लाग्ने समय अहिले बँचेपछि त्यो समयलाई आय आर्जनका काममा लगाउन पाएका छौँ ।” ग्रामिण विकास समाज सिन्धुलीको सहयोगमा उक्त योजना बनेको हो । “गर्मी मौसम सुरु भएपछि गाउँका खानेपानीका ईनार र कुवा सुक्थे, एक गाग्री खानेपानीका लागी एक घण्टा लगाएर कमला नदी धाउनु पर्दथ्यो । अब त्यो समस्या रहेन ” स्थानीय गृहणी निरा बिकले उत्साहित हुदै भन्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !