नेपाल बन्द आधा दिन मात्रै
http://sindhulidarpan.blogspot.com/2012/09/banda_13.html
काठमाडौं, २८ भदौ । आकाशिंदो महंगी विरुद्ध सडक आन्दोलनमा उत्रिएको
नेकपा–माओवादीले आफ्नो नेपाल बन्दको कार्यक्रममा केही हेरफेर गरेको
छ । नेकपा–माओवादी प्रवक्ता पम्फा भुषालले आज विज्ञप्ति जारी गरेर भदौ–२९ गते शुक्रबार आव्हान गरेको नेपाल बन्द कार्यक्रमलाई आधा दिन मात्रै गर्ने निर्णय भएको जनाएकी छन् ।
‘राष्ट्रिय बाल दिवस र महिलाहरुको चाड तिज समेतलाई ध्यानमा दिई भदौ–२९ गते शुक्रबारको नेपाल बन्द विहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म मात्र गर्ने निर्णय गरेका छौं,’ जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमलाई घाटा भएको भन्दै सरकारले मट्टितेल, डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसमा भारि मूल्य बृद्धि गरे पछि नेकपा–माओवादीले विरोध जनाउँदै आएको छ । बृद्धि भएको मूल्य फिर्ता गर्न माग गरेर नेकपा–माओवादीले शुक्रबार नेपाल बन्द आह्वान गरेको हो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !