चट्याङ लागेर एकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/death_13.html
कैलाली,भदौ २८ ।
कैलालीको दरख गाविस वडा नम्वर ५ कौवा गाउँमा हिजो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा ६५ वर्षका ईन्द्रलाल काफ्ले भएको प्रहरीले जनाएको छ । जामनको रुखमा परेको चट्याङबाट ७३ वर्षकी रत्ना बटाला, ६४ वर्षकी भागरतीदेवी काफ्ले र १२ वर्षकी दुर्गाचन्द्र घाईते भएका छन् । घाईते तीन जनाको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सुदाम रावलले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !