आजबाट नकआउट फुटबल प्रतियोगितामा सुरु हुँदै



काठमाण्डौ,भदौ २८ ।  

नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता आजदेखि हुने भएको छ ।     अखिल नेपाल फुटबल सङ्घ एन्फाले आयोजना गर्ने सो प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेल थ्रिस्टार क्लब र मध्यपुर युथ एशोसिएसनबीच हुनेछ । ‘ए’ डिभिजनमा रहेका १६ वटा क्लबको सहभागिता रहने सो प्रतियोगिताका क्लबलाई चार समूहमा विभाजित गरेको छ । समूह ‘ए’ मा थ्रिस्टार, शसस्त्र प्रहरी बल एफिएफ, फ्रेन्डस क्लब र मध्यपुर युथ एशोसियसन छन् भने समूह ‘बी’ मा मनाङ मस्याङदी, न्यूरोड टिम ( एनआरटी), त्रिभुवन आर्मी र मच्छिन्द्र क्लब रहेका छन् ।

  यस्तै समूह ‘सी’ मा हिमालय शेर्पा क्लब, रानीपोखरी कर्नर टिम(आरसिटी), महेन्द्र बाँसबारी क्लब र सङकटा क्लब छन् भने समूह ‘डी’ मा नेपाल प्रहरी क्लब, जाउलाखेल युथ क्लब, बुद्ध फुटबल क्लब र सरस्वती युवा क्लब छन् । प्रतियोगितामा विजेता क्लबले रु १५ लाख, र उपविजेताले रु सात लाखका साथै ट्रफी, पदक एवम् प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट फर्वाड, मिडफिल्डर, गोलकिपर, डिफेन्स खेलाडी र उत्कृष्ट प्रशिक्षकले रु ७५÷७५ हजार प्राप्त गर्नेछन् ।प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो प्रतियोगिता आगामी असोज २८ गतेसम्म सञ्चालन हुनेछ ।

Related

प्रमूखखबरहरु 6536723954347091861

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item