सर्लाहीमा अवैध मल बरामद




सुनिल ठाकुर,सर्लाही,भदौ २८ । 

भारतबाट अवैधरुपमा ट्याक्टरमा लोड गरेर सर्लाहीको नवलपुरतर्फ लादैं गरेको अवस्थामा सशस्त्र प्रहरीले ५८ बोरा युरिया मल हिजो बेलुका बरामद गरेको छ । ना. २ त ४५८१ नम्बरको ट्याक्टरमा नवलपुरतर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक मोहन सिहं केसी नेतृत्वको टोलीले मल सर्लाहीको कविलासी ९ गैर बजारबाट बरामद गरेको हो । बरामद गरिएको मल र ट्याक्टरको भन्सार मूल्य ६ लाख ५८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । मल र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाहीमा बुझाइएको छ । 

Related

विविध 5119704381358154108

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item