जिविस धनुषामा अख्तियारको टोलीद्वारा छानविन सुरु



जनकपुर,असोज ६ । 

जिल्ला विकास समिति धनुषामा भएको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता इश्वरी पौडेलका अनुसार अख्तियारका प्रहरी उपरीक्षक भरत शर्माको नेतृत्वमा आएको पाँच जनाको टोलीले छानविन सुरु गरेको हो ।
 जिविस धनुषासहितका अन्य जिल्लामा विकास निर्माणमा अनियमितता भएको  उजुरी परेपछि  टोली अनुगमनका लागि पुगेको हो । टोलीले जिल्ला विकास समिति धनुषामा अनियमितता भएको भन्दै  स्थानिय विकास मन्त्रालयले १८ जना कर्मचारीहरुको निलम्बन गरिसकेको छ ।

Related

विविध 4446181892548149449

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item