इङ्ल्याड विजयी




काठमाण्डौ,असोज ६ । 

आईसीसी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा गएराती भएको खेलमा इङ्ल्याड विजयी भएको छ । इङ्ल्याडले अफगानिस्तानलाई एक सय १६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ् गरेको इङ्ल्याडले लुक राइटले अविजित ९९ रन मद्दतले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको अफगानिस्तानले १७ दशभलब दुई ओभरमा ८० रन बनाएपछि फराकिलो अन्तरले पराजित भएको हो । 

अफगानिस्तानका लागि गुलबोदिन नबिले ४४ रन बनाएका थिए । लगातार दुई खेलमा पराजय बेहोरेको अफगानिस्तान समूह चरणबाट बाहिरिएको छ भने इङ्ल्याड एक खेल खेल्न बाँकी रहँदै सुपर एटमा प्रवेश गरेको छ । यसअघि भएको खेलमा कप्तान ब्रड म्याकुलमको एक सय २६ रनको योगदानले न्यजिल्याडले बङ्गलादेशलाई ५९ रनले पराजित गरेको थियो । प्रतियोगितामा आज श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिका र अष्ट्रलियाविरुद्ध वेष्टइन्डिजबीच प्रतिस्पर्धा हँुदैछ ।

Related

प्रमूखखबरहरु 1970894541412600860

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item