सिन्धुलीमा शान्ती ¥याली
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_6744.html
पोष्टराज पहाडी,सिन्धुली,असोज ५ ।
अन्तराष्ट्रिय शान्ती दिवसको अवसरमा आज सिन्धुलीमा शान्ती ¥यालीको आयोजना गरिएको छ । ‘दिगो विकासका लागि राजनीतिक स्थिरता’ भन्ने नाराका साथ मनाइएको सो दिवसका अवसरमा सिन्धुलीको लोकतान्त्रीक चौरबाट शान्ती ¥याली सुरु भई बुद्धनगर माझीटारमा पुगेर कोण सभामा परिणत भएको थियो । स्थानीय शान्ती समीतिको आयोजनामा भएको सो ¥यालीपछिको कोणसभासलाई सम्बोधन गर्दै तत्कालीन संयोजक कमल जंगराईले द्धन्द्धको पिडालाई कम गराउन शान्ती समितीले द्रुत गतिमा काम गरेको बताउनुभयो ।
उहाँले स्थानीय स्तरबाट भन्दा पनि माथील्लो निकायबाट नै कामको ढिलासुस्ती हुने गरेको बताउनुभयो । साथै उनले ढिलो गरेर दिने राहतको औचित्य नहुने भन्दै चाडै राहत उपलब्ध गराउन आफुहरुले पहल गरेको बताउनुभयो सो ¥यालीमा स्थानीय शान्ती समितीका पदाधीकारीहरु, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनीधि, पत्रकार लगायतको सहभागिता रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा विश्वभर शान्ति दिवस मनाइने गरिन्छ । नेपालमा भने पाँच वर्षअघिदेखि मात्र यो दिवस मनाउन थालिएको हो । यसैगरि आजै स्थानीय शान्ती समितीको नयाँ संयोजक चयन गरिएको छ । नयाँ संयोजकमा अशोक राज राजभण्डारी चयन भएको श्रोतले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !