सर्लाहीमा ४ जनाको हत्या


सुरेश विडारी,सलार्ही,असोज ५ ।

 सर्लाहीमा ०६८ पुस १५ देखि हालसम्म ४ जनाको हत्या भएको छ । इन्सेक सर्लाहीले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा सोही अवधीमा वम विष्फोटबाट २ जना घाइते, अपहरणका दुई, बलात्कार ४, घरेलु हिंसाका ५ वटा घटना घटेका छन् । त्यस्तै बोक्सीको आरोपमा १ महिला पीडित हुनुपरेको छ भने जातिय विभेदका २ वटा, बहुविवाहको १ घटना घटेको इन्सेक प्रतिनीधि विदुर प्याकुरेलले जानकारी दिनुभयो ।

सदरमुकाम मलङगवामा इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक सन २०१३ को पूर्व समिक्षा  गोष्ठीमा सो तथ्याङक सार्वजनिक गरिएको महिला अधिकार कर्मी मन्दिरा आचार्यले जानकारी दिनुभयो । गोष्ठीमा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरिक्षक विनोद केसी, एमाले जिल्ला अध्यक्ष मनोज देवकोटा लगायतको उपस्थिति रहेको थियो । 

Related

विविध 7009791755761371976

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item