क्रान्तिकारीद्धारा ध्यानकर्षण
http://sindhulidarpan.blogspot.com/2012/09/sindhuli_3776.html
पोष्टराज पहाडी,सिन्धुली, असोज ५ ।
एकिकृत नेकपा माओवादी निकट अनेरास्ववियू(क्रान्तिकारी) सिन्धुली बहुमुखी क्याम्पस कमिटी सिन्धुलीले शुक्रबार क्याम्पस प्रशासन समक्ष ज्ञापन पत्र पेश गरेको छ । क्रान्तिकारीले यस अघि प्रशासन समक्ष राखिएका विभिन्न मागहरु पूरा नभएकोले सो मागको ध्यानकर्षणका लागि ज्ञापन–पत्र पेश गरेको क्याम्पस कमीटी उपाध्यक्ष भानुभक्त श्रेष्ठले बताएका छन् ।
पेश गरिएको सो ज्ञापन पत्रमा क्याम्पसले वितरण गर्ने २०६८ सालको छात्रवृत्ति हालसम्म पनि वितरण नगरिएकोले तुरुन्त वितरण गरिनुपर्ने, विद्यार्थीलाई पाठ्यक्रममा आधारित सम्पुर्ण पुस्तकहरु समयमै उपलब्ध गराइनुपर्ने तथा विभिन्न वाहानामा ३ वटामात्र पुस्तक दिने व्यवस्थाको अन्त्य गरिनुपर्ने रहेका छन् ।
यसैगरि प्रत्येक महिना कम्तिमा एक पटक अतिरिक्त क्रियाकलाप गरीनु पर्ने, खेलकुद सामाग्री उपलब्ध गराइनुपर्ने, स्नातक तह दोश्रो वर्षका नयाँ विद्यार्थीहरुलाई छुट्टै कक्षाको व्यवस्था गरी अध्यापन गराइनुपर्ने, क्याम्पसको सम्पुर्ण आय–व्यय विवरण तत्काल सार्वजनिक गरिनुपर्ने, यस अघि माघ २३ गते भएको ११ बुदें सम्झौता कार्यान्वयन गरिनुपर्ने माग रहेको क्रान्तिकारी क्याम्पस कमीटीले जनाएको छ । साथै उक्त जायज मागहरु सम्बोधन नभए सशक्त आन्दोलनमा जाने समेत उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । यस अघि क्याम्पस समक्ष सो संगठनले २०६३ चैत ९, २०६७ चैत ३, २०६८ पुस २८ मा गरि क्रमश ८, ४, र ९ बुदें मागहरु पेश गरेको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !