चार दलले निकास दिन सक्दैन:गजुरेल
http://sindhulidarpan.blogspot.com/2012/09/cp.html
चीना थापा, सिन्धुली,असोज ५ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय उपाध्यक्ष सिपि गजुरेलले चार ठुला दलले मात्रै नेपालमा उत्पन्न राजनितिक संकटको समाधान गर्न नसक्ने बताउनुभएको छ । एकिकृत माओवादी, नेपाली काङ्ग्रेस ,नेकपा एमाले र मधेशी मोर्चाको प्रयासबाट मात्रै राजनीतिक सहमति जुट्न नसक्ने उहाँको तर्क छ ।
निर्वाचनले नयाँ संविधान बन्छ भन्ने ग्यारेन्टि हुनुपर्ने, निर्वाचन कुन प्रणालीबाट गर्ने निश्चित हुनु पर्ने , निर्वाचन गर्ने संविधानको नेतृत्व कस्ले गर्ने भन्ने बिषयमा दलहरु बिच सहमति हुनुपर्ने लगाएतका कुराहरुको टुङ्गो लागिसकेपछि मात्रै नेकपा माओबादीले निर्वाचनमा जानेमा सहमति जनाउने उहाँले बताउनुभयो । क्रान्तिकारी पत्रकार महासंघ नेपाल साखा सिन्धुलीले आज सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गजुरेलले तीन दल लगाएत मधेशी मोर्चाले सहमती भयो भनेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप गर्नुभयो ।
उहाँले तीन दल र मधेशी मोर्चाले गरेको सहमतीले विवार्चन हुन नसक्ने धारणा राख्दै संविधान नबने आफुहरुले शान्तिपूर्ण तथा वैधानिक जनआन्दोलन गर्ने र जनताबाटै संविधान बनाएर घोषणा गर्ने बताउनुभयो । सरकारलाई बुझाएको ४० बुँदे एजेन्डा प्रधानमन्त्रीले कार्यान्वयन नगरी भारतलाई बुझाएको उहाँको आरोप छ । सरकारको विषयमा टुङ्गो नलागी निर्वाचन हुन नसक्ने जीकिर गर्दे गजुरेलले सबैको सहमतिबाट मात्र निर्वाचन सम्भब भएको बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !