मकैले गेडा घाटिमा अड्किदा मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/09/death_21.html
जाजरकोट, असोज ५ ।
मकैको गेडा घाँटीमा अड्किदा जाजरकोटका एक बालकको उपचारका क्रममा रुकुममा ज्यान गएको छ । खलंगा–४, बोहोराका पाँच वर्षीय बालक जीवन सुनारको आज बिहान उपचारका क्रममा ज्यान गएको हो ।
रुकुमको विजयश्वरी–६, मा रहेको मावली घरमा आमासँगै तीज मान्न पुगेका सुनारले आज बिहान मकै खाएका थिए । घाँटीमा मकैको गेडा अड्किए पछि उपचारका लागि रुकुमको चौरजहारीस्थित मिशन अस्पताल पुराए लगत्तै सुनारको ज्यान गएको स्थानीय हेमन्त खत्रीले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !