पूर्वराजा ज्ञानेन्द्र आज धौलागिरी भ्रमण गर्ने



पर्वत,असोज ६ । 

पूर्वराजा ज्ञानेन्द्र शाह निजी तथा धार्मिक भ्रमणका लागि आज धौलागिरी आउने कार्यक्रम छ । हिजो म्याग्दी आउने कार्यक्रम रहे पनि म्याग्दी बन्दका कारण भ्रमण स्थागित भएपछि उहाँ आजबाट धौलागिरी भ्रमणका लागि आउन लाग्नुभएको हो । आफूले  मुठभेड गर्न नचाहेको र धार्मिक भ्रमण भएको शाहले बताएपछि पर्वत र बाग्लुङमा दलहरुले भ्रमण गर्न दिने बताएका छन् । 

शाहलाई  भ्रमणका क्रममा मोटर साइकल ¥यालीले स्कर्टिङ्ग गर्ने तयारी भएको स्वागत समिति पर्वतका रामकुमार जोशीले जानकारी दिनुभयो । बाग्लुङको कालिका मन्दिर दर्शन र शुभेच्छुकसगँको भेटघाटपछि दिउँसो २ बजे पर्वत फर्केर पर्वतमा रहेको गुप्तेश्वर गुफामा दर्शन गर्ने कार्यक्रम तय भएको छ । पूर्वराजा आउने भएपछि पर्वतमा बाजागाजासहित भव्य ¥यालीको तयारी गरिएको छ ।

Related

राष्ट्रिय 8804695073586398328

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item