आज प्रेस काउन्सिल नेपालको वार्षिकोत्सव
http://sindhulidarpan.blogspot.com/2012/09/press.html
काठमाण्डौ,असोज ६ ।
प्रेस काउन्सिल नेपालले आफ्नो स्थापनाकोे ४३ औँ वार्षिकोत्सवको अवसर पारी आज नेपालको सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको आधारमा विभिन्न ११ जना व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । आज राजधानीमा आयोजना गरिने विशेष समारोहमा एक लाख रूपैयाँ नगद राशी रहेको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०६९ बाट विश्वबन्धु भण्डारीलाई प्रदान गरिने भएको छ ।
यसैगरी प्रेस काउन्सिल आचार संहिता पुरस्कार रेडियो जलजला रोल्पालाई, भाषागत पत्रकारिता पुरस्कार शर्मिला श्रेष्ठ राजोपाध्यायलाई, साहित्यिक पत्रकारिता पुरस्कार श्रीओम श्रेष्ठ ‘रोदन’लाई, स्तम्भ लेखन पुरस्कार स्तम्भकार आनन्दराम पौडेललाई प्रदान गरिने भएको छ । यसैगरी महिला सशक्तीकरण पत्रकारिता पुरस्कार मेनकाकुमारी चौधरीलाई, सशक्त सञ्चारकर्मी पुरस्कार चित्राङ्ग थापालाई, युवा सशक्तीकरण पुरस्कार राकेशकुमार मिश्र (बाँके) र गणेशप्रसाद साह (सर्लाही) लाई प्रदान गरिने भएको छ ।
समावेशी पत्रकारिता पुरस्कार राजेन्द्रकुमार राईलाई र सञ्चारगृह प्रोत्साहन पुरस्कार शुक्लाफाँट सञ्चार गृह कञ्चनपुरलाई प्रदान गरिने भएको प्रेस काउन्सिलले जनाएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुरस्कार वितरण गर्नुहुने काउन्सिलले जनाएको छ । यसैगरी प्रेस काउन्सिलले आजै आफ्नो वार्षिक प्रतिवेदन पनि सार्वजनिक गर्ने भएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !