अमेरिकी सहायक विदेशमन्त्री राजनीतिक भेटवार्तामा



काठमाण्डौ,भदौ २६ । 
नेपाल भ्रमणमा आउनु भएका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ब्लेक राजनीतिक भेटघाटमा सक्रिय रहनु भएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ब्लेकले अहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिरहनु भएको छ । 

प्रचण्ड निवास लाजिम्पाटमा भइरहेको भेटमा अमेरीकाले माओवादीलाई आतंककारी सूचिबाट हटाएको विषयमा ब्लेकले जानकारी गराउनु भएको छ । आजै दिउँसो उहाँले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र त्यसअघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशसँग भेटवार्ता गर्नुहुनेछ । आजै प्रधानसेनापति गौरब शमशेर राणासँग पनि भेटवार्ता गर्नुहुनेछ । सहायक विदेशमन्त्री ब्लेकले हिजो नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नु भएको थियो । 

Related

विविध 2185238311540619594

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item