बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो
http://sindhulidarpan.blogspot.com/2012/09/news_11.html
कालीकोट,भदौ २६ ।
कालिकोटको पाखा गाविस १ विर्तामोडमा गएराति भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । कालिकोटबाट जुम्ला जॉदै गरेको कर्णाली यातायातको ना ४ ख ६८ ७७ नम्बरको बस गएराति करिब ११ बजे पाँखा गाविस १ बिर्तामोड भन्ने ठाउ‘मा दुर्घटनामा परेको थियो । करिब ६ सय मिटर तल तिला नदीमा बस खसेको थियो । दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका छन् भने ५ जना हाम फालेर बाँच्न सफल भएका छन् । घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा एम्बुलेन्सबाट ल्याइएको छ भने बाँकी घाइतेको उद्वार जारी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभएको छ । दुर्घटनास्थलमा अहिले नेपाली सेना र प्रहरीको टोलीले उद्वार जारी राखेको छ । जिल्लाका राजनीतिक दलका प्रतिनिधि र चिकित्सकहरुको टोली घटनास्थल पुगेको छ । घाइतेहरुको उद्वारको लागि हेलिकप्टरको व्यवस्था गर्ने बारेमा उद्योग वाणिज्य सङ्घ र प्रशासनबीच छलफल भइरहेकोछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !