लाइन काट्ने अभियान सुरु भएपछि १६ लाख रकम बक्यौता उठ्यो

http://sindhulidarpan.blogspot.com/2012/10/electronic.html
सुरेश बिडारी,
सर्लाही,असोज २७ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल नतिर्ने ७५ जनाको लाईन काटेको छ । प्राधिकरणले सदरमुकाम मलङगवामा ६७ जना र बरहथवामा ९ जनाको लाईन काटेको हो । १० हजार भन्दा बढी विद्युत महशुल नतिर्ने ग्राहकहरुको लाइन काट्ने अभियान अन्र्तगत उनीहरुको लाईन काटिएको हो । यता लाइन काट्ने अभियान सुरु भएपछि १६ लाख रकम बक्यौता उठेको छ । अझै पनि प्राधिकरणको ८० लाख बक्यौता रकम उठ्न बाँकी रहेको प्राधिकरण प्रमुख द्विवेदीले जानकारी दिनुभयो ।
यसअघि लालबन्दी प्रशाखाले पनि उत्तरी क्षेत्रका १४ जनाको लाईन काटेको थियो । यसैबीच नेपाल विद्युत प्राधिकरण मलङगवा शाखाले २ हजार ५ वटा मिटरमा सिल लगाएको छ । विद्युत चोरी नियन्त्रण अभियान अन्र्तगत बसतपुर, हरिपूर्वा, नारायणपुर, सितलपुर र संग्रामपुर गाविसका २ हजार ५ वटा मिटरमा सिल लगाएको हो । सिल गरिएका मिटर धनीहरुले सिल टुटाएको खण्डमा विद्युत चोरीको कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
एक साता सम्म चलेको अभियानका क्रममा १५ वटा मिटरबाटै विद्युत चोरी गरेको पाइएकोले उनीहरुलाई कारबाही गरिएको प्रांधिकरण मलङ्गवा शाखाका प्रमुख दिपेद्र राज द्विवेदीले जानकारी दिनुभयो । उनीहरुलाई कारबाही गरेर ५० हजार रुपैया बाराबर राजश्व संकलन हुने उहाँले अनुमान गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !