रौतहटमा ४९ एचआइभी संक्रमित
http://sindhulidarpan.blogspot.com/2012/10/aids.html
रौतहट,असोज २७ ।
रौतहट जिल्लामा ४९ जना एचआइभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । अरुणोदय युवा क्लबले क्षति न्यूनीकरण सम्बन्धी पत्रकारहरुसँग आज चन्द्रनिगाहपुरमा गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो । कार्यक्रममा जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक अस्मिनहरी भट्टराई यो तथ्य उल्लेख गर्नु भएको हो ।
कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत दिलबहादुर खड्काले हाल विश्वमा ३ करोड ४२ लाख एचआइभी संक्रमित रहेको तथ्याङ्क प्रस्तुत गर्नु भयो । ती मध्ये एक लाख ६७ हजार महिला र ३४ लाख बालबालिकाको संख्या रहेको छ ।
हालसम्म विश्वका १७ लाख जनाको एचआईभी संक्रमणका कारण मृत्यु भइसकेकोे र ती मध्ये २ लाख ३० हजार बालबालिकाले ज्यान गुमाएको प्रस्तुत तथ्याङ्कमा उल्लेख छ । कार्यक्रम अधिकृत खड्काका अनुसार युवा पुस्ता सबै भन्दा बढी जोखिममा रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !