सित्तलपाटीमा शहकारीको साधारण सभा सम्पन्न



कृष्ण अधिकारी,
सिन्धुली,असोज २७ ।

सिन्धुलीको सित्तलपाटी गाविसमा रहेको ज्योति महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सस्थाकी अध्यक्ष बेनुका थापाको अध्यक्षता तथा सित्तलपाटी गाविसका सचिव तिर्थकुमार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा सहमतिका कार्यक्र संयोजक तीलक साप्कोटा लघुवित्त सुपरभाइजर दिर्घमणी पोख्रेल, एकृत नेकपा मावओवादीका ज्ञान बाहादुर विक, नेपाली काग्रेसका सम्भुराज थापा, नेकपा माओवादीका लोकबहादुर थापा, लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा सस्थाको सचिवले वार्षिक १८ लाख बराबरको कारोवार भएको र ६९२ महिलाहरु सहकारीमा आवद्ध भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमा सस्थाका असल ऋणी सदस्य नियमित बचतकर्ता सक्रिय समुह लगाएतलाई सम्मान गरिएको थियो  । ४ सय भन्दा वढी महिलाहरुको सहभागिता रहेको कार्यक्रममा नजिकै रहेको भीमेश्वर गाविसमा शत प्रतिशत घरधुरी आवद्ध सहकारी सस्था जस्तै आफ्नो सहकारीमा पनि गाविसका सत प्रतिशत घरधुरी आवद्ध गराउने उद्देय सहित अघि बढेको जानकारी सस्थाकाकी अध्यक्ष बेनुका थापाले गराउनुभएको थियो । उक्त कार्यक्रममा गाविस सचिव तिर्थकुमार भण्डारीले सस्थाले लिएको  उद्देश्य पुरा गराउनकोलगि गविसको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । 

Related

प्रमूखखबरहरु 275978583083293883

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item