'अव शान्त हुने भयो सिन्धुली'
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_14.html
सिन्धुली,असोज २८ ।
कांग्रेस र माओवादी कार्यकर्ता विच भएको विवाद अब साम्य हुने भएको छ । सिन्धुलीमा एकिकृत नेकपा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताहरु वीच मरिणको मथौलीमा भएको घटनालाई लिएर तीन दिन देखि सिन्धुली सदरमुकाममा भएको तनावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा हिजो साँझ सर्वदलीय सर्वपक्षिय बैठकले अब उप्रान्त यस्ता गतिविधि दोहोरीन नदिने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बसेको सर्वपक्षिय बैठकमा नेपाली कांग्रेस र एमाओवादीका नेताहरु नजिकै आइरहेको चाडपर्वलाई मध्यनजर गर्दै झडपको अबस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरु विगतमा आफ्ना नेता कार्यकर्ताबाट भएका कमिकमजोरीहरुलाई स्वीकार्दै आगमी दिनहरुमा यस्ता घटनाहरु घट्न नदिन आफुहरु सजग रहने बताएका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !