एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने


काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ । 

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्टी पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहणसँगै एमाओवादीका तर्फबाट एक मन्त्रीको सपथ ग्रहण गराउने भन्ने समझदारीअनुसार गजुरेललाई मन्त्रिमण्डलमा सहभागी गराउन लागिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रालयको बारेमा भने नेकपा(एमाले)सँग छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए । 

यस्तै मन्त्रिमण्डलमा एमाओवादीको तर्फबाट सहभागी हुने अन्य मन्त्रीका बारेमा भने आज निर्णय गरिएको छैन । यस्तै सरकारको साझा नीति तथा कार्यक्रम, प्राथमिकतालगायत विषयमा भने सामूहिक छलफलपछि मात्रै निर्धारण गरिने उहाँले जानकारी दिए । 

तराई मधेसमा जारी आन्दोलनलाई समाधान गर्न वार्ता र संवाद अगाडि बढाउनुपर्नेमा एमाओवादीले जोड दिएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे राष्ट्रपति डा रामवरण यादवसमक्ष सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । रासस 

Related

प्रमूखखबरहरु 5380416276353242376

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item