पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ । 

उनीलाई मञ्चको नवौं जिल्ला अधिवेशनका अबसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सम्मान पत्र र नगद पुरस्कार हस्तान्तरण गरे । घिमिरे कान्तिपुर दैनिकका बरिष्ठ उपसम्पादकका रुपमा कार्यरत छन् । 

सिन्धुलीलाई लामो समय कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका उनी अहिले काठमाडौंमा बसेर कलम चलाउँछन । उनी २२ बर्षदेखि निरंतर पत्रकारितामा छन् । उनको योगदानलाई सम्पर्क मञ्चले उच्च मूल्यांकन गरेको अध्यक्ष इश्वर आचार्यले बताए ।  

मञ्चले त्यस अबसरमा राजधानी दैनिकका गणेश बस्नेत र इमेज टेलिभिजनका शंकर खनाललाई पनि सम्मान गरेको थियो । त्यसै अबसरमा मञ्चले सरकारी सेवामा उच्च पद प्राप्त गर्ने मञ्च आवद्ध केदारप्रसाद अधिकारी र सुजन तामाङलाई पनि नेपालले सम्मान गरे । 



Related

प्रमूखखबरहरु 6364306848699997194

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item