आईपिएलमा आज पनि दुई खेल

काठमाण्डौ,वैशाख २४ । 
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछन् । अपरान्ह सवा ४ वजेपछि हुने पहिलो खेलमा मुम्वई इन्डियन्स र चेन्नेई सुपर किग्सबीच प्रतिस्पर्धा हुने छ । जारी लिगमा १० खेल खेलेको मुम्वई १२ अंकका साथ तालिकाको तेश्रो स्थानमा रहेको छ भने एक खेल वढि खेलेको चेन्नेई ११ अंकसहित चौथो स्थानमा रहेको छ । 
त्यस्तै राती सवा आठवजेपछि हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स वैग्लौर र डेकन चाजर्सबीच प्रतिस्पर्धा हुनेछ । १० खेल खेलेको वैग्लौर ९ अंकका साथ सातौ स्थानमा छ । समान खेल खेलेको डेकन भने ५ अंकका साथ पुछारमा रहेको छ । यस अघि हिजो भएका खेलहरुमा कोलकत्ता नाईड राईडर्स र राजस्थान रोयल्स विजयी भएका थिए ।

Related

प्रमूखखबरहरु 2166712270341804402

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item