सिन्धुलीमा अखिलको शुभकामना आदानप्रदान

http://sindhulidarpan.blogspot.com/2012/10/akhil.html
सिन्धुली,असोज २८ ।
अनुरास्ववियू सिन्धुलीले शनिवार एक कार्यक्रमको आयोजनागरी शुभकामना आदान प्रदान गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा जनकपुर अञ्चल इन्चार्ज केशव प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नजिकिदै गरेको नेपालीहरुको महान चाड वडादशै तथा शुभ दिपावलीको शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रममा वोल्दै एमाले नेता देवकोटाले एकिकृत माओवादीका कारण देशले वर्तमान समस्या भोग्नु परेको वताउँदै संकट समाधानको वाधक एकिकृत माओवादी भएको दावी गर्नुभयो । उहाँले माओवादी अध्यक्ष प्रचण्डले दिन दिनै आफ्््नो भाका फेरेर एमाले र काँग्रेसलाई खेलाउदै सत्ता लम्व्याउन खोजेको आरोप समेत लगाए उनले देशवाट निकास निस्कन माओवादीले निसर्त सत्ता छाड्नु पर्ने दावी गर्नुभयो ।
कार्यक्रममा एमालेका वैकल्पीक केन्द्रिय सदस्य एवं सिन्धुली इन्चार्ज विषमलाल अधिकारी दनुवारले देशको निकास खोज्ने हो भने एमालेको योजना अनु्सार अगाडी वढ्नु पर्ने अन्यथा समस्या समाधान नहुने जिकिर गर्नुभयो । कार्यक्रममा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईले जनताको भरोसा एमालेमा मात्र भएका कारण सवैलाई एमालेको झण्डामुनी गोलवन्द हुन आग्रह गनुभयो । एमालेकी महिला नेतृ उमा कोईरालाले विद्यार्थीहरुले यतिवेला विद्यालयमा जाँदा पार्टीको समेत प्रचार लिएर जानुपर्ने वताउनुभयो । उहाँले माओवादीको सत्ता लिप्साका कारण झनझन संकट आएको भन्दै एमाले र काँग्रेसले माओवादीलाई आफ्नो रोडम्यापमा ल्याउने पर्ने धारण व्यक्त गर्नुभयो । कार्यक्रममा एमाले रामेछापका सचिव शान्तिप्रसाद पौडेलले माओवादीका कारण देश असफल वन्न लागेको भन्दै सवैलाई सचेतता पूर्वक अगाडी वढ्न आग्रह गर्नुभएको थियो ।
अनेरास्ववियू सिन्धुलीका अध्यक्ष टिकाजंग थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गोकर्ण भुजेलले स्वागत मन्तव्य व्यक्त गरेका थियो । अनेरास्ववियूले यहि सन्दर्भ पारेर शुवास थापाको संयोजकत्वमा २५ सदस्यीय अनेरास्ववियू सिन्धुली साँस्कृतिक विभाग समेत गठन गरेको अध्यक्ष थापाले जानकारी दिएका छन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !