दशैअघि दलहरुबीचको वार्ता कठिन
http://sindhulidarpan.blogspot.com/2012/10/politic.html
काठमाण्डौ,असोज २८ ।
दशैअघि नै सहमति गर्ने बताएका दलहरुले दशैअघि वार्ता पनि नगर्ने भएका छन् । दलिय सहमति भन्दा पार्टी कार्यक्रममा व्यस्त रहेकाले दशैअघि वार्ताको सम्भावना नरहेको नेताहरुले. बताएका छन् । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले अब पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाण्डु आएपछि मात्रै दलहरुको सम्वाद प्रयास गरिने जानकारी दिनुभयो ।
एकीकृत माओवादी प्रवक्ता सापकोटाले दशैअघि सहमतिको सम्भावना नभएपनि वार्ता र छलफलको सम्भावना रहेको बताउनुभयो । नेकपा एमालेका महासचिव ईश्वर पाखरेलले एकीकृत नेकपा माओवादीका कारण नै वार्ता र सहमतिको मिति टाढा धकेलीएको बताउनुभयो । उहाँले दशै अघि होइन एकीकृत माओवादीको व्यवहार हेर्दा तिहारअघि पनि छलफल कठिन बनेको टिप्पणी गर्नुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !