आफ्नो क्षेत्रको विकासका लागि आफै जुट्नुपर्छ:प्रधानमन्त्री



महोत्तरी,असोज २८ । 

प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो क्षेत्रको विकासका लागि आफै जुट्नुपर्ने बताउनुभएको छ । जनताले स्वयं आफ्नो क्षेत्रको विकासका लागि अघि बढने मात्रै देशको विकास हुने  प्रधानमन्त्रीको भनाइ छ । आज विहान महोत्तरीको गौशालामा अवस्थित नवनिर्मित गौशाला वहुमुखी क्याम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री भटटराईले आफ्नो क्षेत्रको विकासको लागि जनताले स्वयम बाटो बनाई अगाडि बढेमा मात्र सरकारले सहयोग गर्ने सकने बताउनुभयो । प्रधानमन्त्रीले विकासको लागि मुख्य रुपमा उद्योगधन्दाको विकास नभई देशको विकास हुन नसक्ने बताउनुभयो ।

 आज विहान गौशाला अवस्थित त्रिभुवन उच्च माविको प्रागनमा आयोजित समारोहमा विभिन्न सरकारी निंकाय र नागरिक समाजको तर्फबाट प्रधानमन्त्री डा भटटराईले ज्ञापनपत्र बुझनुभएको थियो । प्रधानमन्त्री गौशालामा आउदा प्रधानमन्त्रीको स्वागतको लागि विद्यालयका विद्यार्थी, शिक्षक, नागरिक समाज लगायत माओवादी कार्यकर्ताको निकै मात्रामा भिड रहेको थियो । प्रत्येक महिनाको अन्तिम शनिवार गाँउ जाने क्रमममा हिजोराती महोत्तरीको फुलकाहामा १ रात बास बसी आज प्रधानमन्त्री राजधानी फिर्ता हुनुभएको हो ।



Related

राष्ट्रिय 5729745484026756678

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item