माओबादीको बैठक भोलीसम्मका लागी स्थगित,माओवादीको वैद्य पक्षले भोलि छुट्टै प्रस्ताव पेश गर्ने


११ पुस सिन्धुली दर्पण काठमाण्डौ
पटक पटक पछाडी सार्दै आएको माओबादीको केन्द्रिय समितिको बैठक आज फेरी भोलीका लागी सारीएको छ । अस्ती सुरु भएर आजका लागी बोलाइएको बैठक आज पनि कम्युनिष्ट नेता माओको जन्मजयन्ती परेकाले सारीएको जनाएको छ । अध्यक्ष प्रचण्डको प्रंस्तावका विरुद्धमा बैद्य पक्षले आजको बैठकमा फरक मत सहितको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।
आज कम्युनिष्ट नेता माओको जन्मजयन्ती परेकाले बैठक सारिएको माओबादी सचिव सिपि गजुरेलले जानकारी दिनुभयो । हरेक बर्षको डिसेम्बर २६ तारीखका दिन विश्वभरीका कम्युनिष्टहरुले माओत्से तुङलाई संझने गर्दछन । ११८ औ माओ जयन्ती माओ बिचारधारा मान्ने नेपाललगायत बिभिन्न देशका कम्युनिष्ट पाटीले उहाँको स्मरण गरीएको छ ।

नेपालको माओबादीले पनि माओत्सेतुङको विचारलाई मार्गदर्शक विचारका रुपमा लिएको बताउने गरेको छ । तर माओको मार्ग दर्शन नयाँ विश्वमा अस्वभाविक र अव्यवहारिक भएको भन्दै कम्युनिष्टहरुले नै संसोधन गर्न थालेका छन । चिनीया जनवादी क्रान्तिका पर्वतक माओले माक्सवादी लेनिनवादी बिचारधारालाई चिनमा कार्यान्वयन गराउनु भएको थियो ।

यसैबीच भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने छुट्टै प्रस्तावका विषयमा एकीकृत माओवादी वरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले छलफल गरेको छ । पार्टी अध्यक्ष पुष्पककमल दाहाल प्रचण्डले अस्ति बसेको बैठकमा पेश गर्नुभएको प्रतिवेदनमा आफूहरुको फरक मत रहेको वैद्य पक्षका नेता पम्फा भुसालले जानकारी दिनुभयो ।
साथै पहिले पहिलेका बैठकहरुमा राखिएका असहमतिका बुँदाहरु पनि यस पटकको प्रस्तावमा फेरि राखिने जानकारी दिनुभयो । पालुङटार बैठकको कार्यदिशालाई प्राथमिकता दिने गरी प्रस्ताव तयार भएको अर्का एक नेताले बताए । वैद्य पक्षले पछिल्लो समयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा उपाध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको आधिकारिक लाइन छाडेको आरोप लगाउँदै आएको छ ।

Related

स्थानिय 7069636458721913701

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item