धारिलो हतियार प्रहार गरि १ जनाको हत्या

http://sindhulidarpan.blogspot.com/2012/10/murder_12.html
ओखलढुङ्गा,असोज २६ ।
ओखलढुङ्गा जिल्लाको पोकली गाविस वडा नं. २ लेतीमा गएराती १२ बजे सुतिरहेको समयमा नचिनेका मान्छेका समूहले धारिलो हतियार प्रयोग गरि एकजना वृद्धको हत्या भएको प्रहरीले जनाएको छ । पोकली २ का ८९ वर्षिय अम्बिका प्रसाद घिमिरेको हत्या भएको रामेछाप त्रिपुरेश्वर उच्च मावि दुरागाउँका शिक्षक जनार्दन घिमिरेले जानकारी दिनुभयो । शिक्षक घिमिरेको अनुसार मृतकको टाउको र पेटमा धारिलो हतियारको गहिरो चोट लागेको बताउनुभयो । मृतक घिमिरेको ३ छोरा र ४ छोरी भए पनि सबैजना घरभन्दा बाहिर बस्ने भएकोले एक्लै बस्दै आएको घिमिरेले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी गएर छानवीन गरिरहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !