नियमित विद्युत् सुचारु हुने माग गर्दै हिमाल हाइड्रोपावर घेराउ

http://sindhulidarpan.blogspot.com/2012/10/ramechhap.html
रामेछाप, असोज २६ ।
रामेछापमा नियमित विद्युत सुचारु गराउन माग गर्दै रामेछापका नागरिक समाजले आज हिमाल हाइड्रोपावर घेराउ गरेका छन् । नागरिक समाजका अध्यक्ष रामचन्द्र वियोगीको अध्यक्षतामा दबाब समूह गठन गरी हिजो वार्ता गरिएको भएपनि समूहको मागप्रति सम्बन्धित पक्षले कुनै वास्ता नगरेको र उदासिन देखिएकोले घेराउ गर्नुपरेको दबाब समूहका अध्यक्ष रामचन्द्र वियोगीले जानकारी दिनुभयो । रामेछाप जिल्लामा असोज ७ गते परीक्षण गर्ने र १० गतेबाट नियमित विद्युत् सुचारु गर्ने भनिएको भएपनि अहिलेसम्म पनि विद्युत् सुचारु हुन सकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !