एक जनाको मृत्यु ४ जना घाइते



काठमाडौ १७ माघ
कञ्चनपुर, काठमाडौ र भक्तपुरमा छुट्टा छुट्टै भएका दुर्घटनामा १ जनाको मृत्यु भएको छ । अरु ४ जना घाइते भएका छन् ।कञ्चनपुरको भिमदत्त नगरपालिकामा ट्याक्टर र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । गयराति भएको दुर्घटनामा डडेल्धुराका जितेन्द्र महतको मृत्यु भएको थियो । गम्भीर घाइते महतको उपचारकालागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका अर्का कञ्चनपुर सुडाका करण साउदलाई भने उपचारकालागि अञ्चल अस्पताल लगिएको छ । यसैविच, राजधानीको संखपार्कमा भएको दुर्घटनामा एक जना महिला घाइते भएकी छन् । हिजो बेलुकी मोटरसाइकल र स्कुटी ठोकिदा स्कुटीमा सवार दिपा बरायली घाइते भएकी छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भक्तपुरमा भएको दुर्घटनामा २ जना घाइते भएका छन् । घाइते हुनेमा काभ्रेका विदुर भण्डारी र लक्ष्मीप्रसाद दुवाल रहेका छन् ।

Related

विविध 2135598421399533233

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item