दर्जनौ युवकको शव एक नदि किनारमा
http://sindhulidarpan.blogspot.com/2013/01/news_6966.html
काठमाडौं, १७ माघ ।
सिरीयाको एलेप्पो सहर नजिकको एक नदिमा दर्जनौं युवकहरुको शव फेला परेको छ । टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा ६५ पुरुषको शव फेला परेको ब्रिटेनमा रहेको सिरीयन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ ।
एलेप्पो शहरको पश्चिममा रहेको बुस्तान अल कसर जिल्लाबाट बग्ने कम्बैक नदिको किनारमा ती शवहरु फेला परेका हुन् ।पछिल्लो समय त्यो क्षेत्रमा हिंसात्मक झडपका घटना नभएकाले सेनाले सर्वसाधारणको अपहरण गरी हत्या गरेको हुन सक्ने मानवअधिकारबादी संस्थाहरुले जनाएका छन् । बिद्रोहीहरुले सेनालेनै हत्या गरेको बताएको छ ।नदि किनारमा हिलोमा लत्पतिएका धेरै जसो शवहरुको हात पछाडी बाँधेर टाउकामा गोली हानेको अवस्थामा रहेका छन् । बिद्रोहीहरुले शवहरु भेटेपछि भिडियो खिचेर युटुबमा राखेका थिए । नदि किनारमा शव भेटिएको खबर पाएपछि सयौं सर्वसाधरण आफन्तको शव हुन सक्ने अनुमान गर्दै नदि किनारमा गएर शव हेरिरहेको बिबिसीले जनाएको छ । शवहरुको संख्या अँझै धेरै भएको हुन सक्ने अनुमान गरिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !