सिन्धुलीमा आर्युवेद उपचार प्रति आकर्षण वढ्दो


विदुर पौडेल/सिन्धुली
आजभोली आर्युवेद उपचार पद्धती तिर मानिसहरुको आकर्षण वढ्दै गएको छ ।  सिन्धुली जिल्लामा गत वर्षको तुलनामा यस वर्ष आर्युवेद स्वास्थ्य केन्द्रमा आउने मानिसको संख्यामा वृद्धि भएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र जनाएको छ ।

 गत वर्षको तुलनामा यस वर्ष केन्द्रमा आउने मानिसको संख्यामा १५ प्रतिशतले वृद्धी भएको स्वास्थ्य केन्द्रका आर्युवेद चिकित्सक धमेन्द्र कुमार ठाकुरले बताउँनुभयो  । कमलामाई नगरपालिका ४ मधुटारका स्थानियवासी कृष्ण वहादुर श्रेष्ठ तीन वर्ष देखी आफुले आर्युवेदीक औषधीको मात्रै प्रयोग गर्ने गरेको वताउँनु हुन्छ । तीन वर्ष अगाडी आफु विरामी हुदा अस्पताल र मेडीकल धाउने गर्थे अहिले आर्युवेदीक औषधी कहाँ पाइन्छ भनेर खोज्ने गर्छु उहाँले भन्नुभयो  । 

एलोप्याथिक औषधीको तुलनामा आर्युवेदीक औषधीले शरीरमा कम असर गर्ने  भएकाले यस पद्धतीमा विश्वास लाग्नॆ उहाँ बताउनु हुन्छ । कमलामाई नगरपालिक ५ ढकालगाँउका स्थानियवासी अन्जु दाहाल २ वर्ष अगाडी देखी आफुले आर्युवेदीक औषधी प्रयोग गर्न थालेको बताउँनु हुन्छ । 

मानिसको आर्युवेद स्वास्थ्य पद्धती तिर मानिसको विश्वास वढ्दै गएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका स्वास्थ्य चिकित्सक धमेन्द्र कुमार ठाकुर बताउँनु हुन्छ  । गत वर्ष दिनमा ५-७ जनाको संख्यामा स्वास्थ्य केन्द्रमा आउने मानिसहरु यसवर्ष भने १०-१२ जनाको संख्यामा आउने गरेको उहाँले बताउँनु हुन्छ  ।

Related

समाज दर्पण 2480800091720174362

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item