गजल




 जुनको ज्योती छेक्ने बादल नछाएकै जाति,
झस्काइ र'ने अधेरी रात नआएकै जाती।



समयलाई दोषी देखाइ हात पन्छाउनेले,
देउता भाकी झुठो कसम नखाएकै जाती।
क्षणिक स्वार्थी मायाजालमा अन्धो बनिकन,
अतित सम्झी रुवाउने माया नलाएकै जाती।

पुन्य गरे पाप मिल्ने सन्सार नै जाली यहाँ,
यस्तो बरदान पाउनु भन्दा नपाएकै जाती। 


              












भरत के सुनुवार "भरोशा"
सिन्धुली, टाडी - ९
हाल :- यु ए इ

Related

विचाररसाहित्य 7622950754020137251

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item