पहिले प्रहरीको आचरण सुधार्छु:प्रनाउ श्रेष्ठ


सिन्धुली दर्पण,असार १३
भखरै सरुवा भएर सिन्धुली आएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले सवैभन्दा पहिले प्रहरीको आचरण र वोली सुधार्ने वताउनुभएको छ । सिन्धुली जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गरेको पत्रकार भेटघाट कार्याक्रममा वोल्दै प्रनाउ श्रेष्ठले पहिले आफु सुधि्रए मात्र अरुलाई सुधार्न सकिने वताउनुभएको हो ।


 उहाँले जिल्लाको शान्तिसुरक्षा कायम गर्न प्रहरी भित्रकै गोपनियतालाई मजवुद गर्नु पर्ने वताउनुभएको हो । प्रनाउ श्रेष्ठले भने म शान्ति सुरक्षाको विषय सँग कसैसँग पनि सम्झौता गर्दिन । समाजमा भएका अपराधीक गतिविधी नियन्त्रण गर्नु प्रहरीको पहिलो प्रथमित्ता भएकोले यसमा सवैक्षेत्रवाट सहयोग हुनु पर्ने उहाँले वताउनुभयो । 


पत्रकारहरु सँग कुरा गर्दै प्रनाउ श्रेष्ठले जस्तो सुकै दवाव आएपनि आफु एकरती विचल्लित नभइ कानुनी प्रकि्रयामा अधि वढ्ने दावि गर्नुभयो । उहाँले प्रहरीको प्रशंसा भन्दा पनि गल्ती देखाइदिन पत्रकारहरु सँग अनुरोध गर्दै भन्नुभयो हामिहरुलाई सचेत गराउनको लागि तपाइहरुको कलम चल्नु जरुरी छ । कार्याक्रममा पत्रकारहरुले शान्तिसुरक्षाका सवालमा आफुहरुले प्रहरीलाई सक्तो सहयोग गर्ने वताउनुभएको छ । 

Related

स्थानिय 4803063112103600147

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item