पत्रकार शाखा सिन्धुलीका अध्यक्षको घरमा खानतलासी

http://sindhulidarpan.blogspot.com/2012/10/journalist_12.html
काठमाण्डौ,असोज २६ ।
नेपाल पत्रकार महासघं साखा सिन्धुलीका अध्यक्ष श्यामहरी अधिकारीको घरमा एकिकृत नेकपा माओवादीले खानतलासी गर्दै आगो लगाउने धम्की दिएको छ । एकिकृत माओवादीका पुर्व जिल्ला ईन्चार्ज राजन दाहालले पत्रकार अधिकारीको घरमा आगो लगाईदिने धम्की दिएको पत्रकार महासघंले जनाएको छ । महासघंले भनेको छ खानतलासी गर्दै आगो लगाउनेजस्ता धम्की दिएकोमा नेपाल पत्रकार महासघंको गम्भिर ध्यानाकर्षण भएको छ ।
असोज २५ गते साझ ८ वजे घरमा महिला र वालवालिका मात्र रहेको अवस्थामा दाहालको नेतृत्वमा गएको समुहले हातहतियार सहित अराजक शैलिमा परिवारका सदस्यहरुलाई आतङकित र त्रसित वनाएको र सो घटनाको जानकारी समयमै प्रशासनलाई गराउदा समेत प्रशासनले कारवाही प्रक्रिया अगाडि नबढाएकोमा महासघं प्रशासनको कार्यशैलिप्रती खेद व्यक्त गर्दछ सो विज्ञप्तीमा भनिएको छ ।
नागरिकलाई सुसुचित गराउने कार्यमा समर्पित एउटा सञ्चारकर्मीको घरमा जिम्मेवार पार्टीका कार्यकर्ताबाट बिनाकारण खानतलासी गरिएको र आगो लगाउने धम्की दिएको घटनाले कानुनी शासनकै खिल्ली उडाउने काम भएको महासंघको ठम्याई छ ।
महासंघ स्वतन्त्र पत्रकारिताको मर्मविपरीत भएको यस्ता गैरजिम्मेवार र उद्दण्ड हर्कतको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ ।
घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पत्रकारको भौतिक सुरक्षाप्रति गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ सरकारसँग माग गर्दछ महासघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पत्रकारको भौतिक सुरक्षाप्रति गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन महासंघ सरकारसँग माग गर्दछ महासघद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !