दुई सय तोला सुन र २५ लाख चोरी गर्ने अभियुक्त पक्राउ




पर्वत,असोज २६ । 

पर्वत जिल्लाको चित्र गाविसको एक घरमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । भदौ १२ गते वडा न ७ धारापानीको पवित्रा गुरुङको घरबाट चोरी गर्ने उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजा जिल्ला फेदीखोला ७ घरभई पोखरा उपमहानगरपालिका वीर बहादुर विक, गुल्मी जिल्लाको दुबिचौर गाविस ९ घर भई पोखरा उपमहमानगरपालिका ६ बस्ने श्याम खड्का भन्ने रामबहादुर खड्का, म्याग्दी जिल्ला ओखरबोट गाविस वडा न १ घर भई पोखरा १ बस्ने रसबहादुर घर्ती मगर, रोल्पा जिल्ला थवाङ ८ घर भई पोखरा २ अर्चबोट बस्ने सविन बुढामगर, दाङ जिल्ला हापुरे घर भई पोखरा बस्ने जीवन बुढा मगर र म्याग्दी घर भई पोखरा बस्दै आएका रसबहादुर घर्ती मगर रहेका छन् । अभियुक्तहरुलाई प्रहरी निरीक्षक श्याम अर्यालको नेतृत्वमा गएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी गराउनुभयो ।

 खनालले पीडित पक्षले दुई सय तोला सुन र २५ लाखभन्दा बढी नगद रकम लुटिएको भने पनि अहिलेसम्म २१ टोला सुन मात्र बरामद भएको बताउनुभयो । यस्तै २२ तोला सुन पोखराको एक सुन पसलमा बिक्री गरेको भन्ने खुल्न आएको र त्यसको थप अनुसन्धान हुँदै गरेको उहाँले बताउनुभयो । नगद रकम चोरिएको भने पनि अहिले सम्म अभियुक्तहरुले स्वीकार नगरेको खनालको भनाइ छ । चोरी गर्ने सबै जना यसभन्दा पहिले विभिन्न आपराधिक घट्नामा संलग्न रहेको प्रहरीले बताएको छ । जिल्ला अदालतबाट १५ दिनको म्याद लिई थप अनुसन्धान भैरहेको पनि प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 1236992362042654737

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item