अकोराबका प्रतिनिधि कोरिया प्रस्थान

http://sindhulidarpan.blogspot.com/2012/10/acorab.html
काठमाण्डौ,असोज २६ ।
एसिया प्यासेफिक ब्रोडकास्टिङ युनियन (एबीयु) को ४९ औँ वार्षिक साधारणसभा तथा एसोसिएट बैठकमा भाग लिन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का पदाधिकारीहरुको टोली आज कोरिया प्रस्थान गरेको छ ।
अकोराबका अध्यक्ष मीनबहादुर शाही तथा कोषाध्यक्ष सुवास खतिवडा सम्मिलित टोलीले दक्षिण कोरियाको राजधानी सिओलमा भोलिदेखि सुरु हुने एबीयुको एसोसिएट बैठकमा नेपालका सामुदायिक रेडियोहरुको अवस्था र आवश्यकतासम्बन्धी विषयमा अवधारणा प्रस्तुत गर्नुहुनेछ । विश्वभरीका प्रसारकहरु सहभागी हुने बैठकमा नेपालको प्रसारण क्षेत्र सुधारका बारेमा आफ्नो धारणा राख्ने अकोराबले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !