नयाँ संविधान संविधानसभाबाटै बन्छ:प्रधानमन्त्री

http://sindhulidarpan.blogspot.com/2012/10/pm.html
गोरखा,असोज २६ ।
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कुनै पनि हालतमा संविधानसभाले नै नयाँ निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । तनहुँको डुम्रेमा आयोजित चिजकुमार विष्णुकुमारी क्याम्पसको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले संविधानसभाबाहिरबाट संविधान जारी गर्ने कल्पना पनि गर्न नसकिने भन्दै संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने बताउनुभयो । उहाँले दलहरूबीच सहमतिका लागि छलफल चलिरहेकोले कुरा मिल्यो भने दसैं अघि पनि सहमतिको सरकार गठनको सम्भावना रहेकोबताउनुभयो ।
राजनीतिक विकासमा मुलुकले धेरै समय खर्च गरिसकेकोले अब आर्थिक विकासलाई गति दिन सबैले भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । तनहुँको कार्यक्रमहरू सक्याएर प्रधानमन्त्री गृह जिल्ला गोरखातिर लाग्नुभएको छ ।
उहाँ अहिले आफूले अध्ययन गरेको गोरखा पालुङटारमा रहेको अमरज्योति जनता उच्च माविको भवन शिलन्यास कार्यक्रममा सहभागी हुनुभएको छ । केहीबेरपछि प्रधानमन्त्रीले संबोधन गर्नुहुने कार्यक्रम छ । उहाँ आजै राजधानी फर्कनुहुने कार्यक्रम छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !