नेपालमा पहिलो फेसवुक प्रयोगकर्ता महर्जन




 एसबी.गौतम
काठमाण्डौ,असोज २६ । 

फेव्रुअरी ४ ,२००४ मा मार्क जुकरवर्गले फेसवुक स्थापना गरेका हुन् । फेसवुक विश्वमा मासिक एक विलियन प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् भने नेपालमा मात्रै करिव १९ लाख मानिसले  चलाउछन् । नेपालमा सवैभन्दा वढी हेरिने साईन नै फेसवुक हो । मानिसहरुमा एउटा सोचाईले जरा गाडेको छ त्यो हो  फेसवुक चलाउनु भनेकै ईन्टरनेटमा पोख्त हुनु हो । यति धेरै क्रेजि वनाउने फेसवुकको फेस नेपालमा कसले पहिलोचोटी हे¥र्यो होला ? नेपालवाट फेसवुक चलाउने पहिलो व्यक्ति रेजर महर्जन रहेको मेरो रिपोर्ट डटनेटले दाबी गरेको छ । 

महर्जनको फेसवुकवाट
लिईएको तस्विर
नेपाली व्लगरहरुलाई प्रोत्साहन गर्ने उदेश्यले काम गरिरहेको मेरो रिपोर्ट टिमले नेपालवाट फेसवुक चलाउने पहिलो व्यक्ति को हो भन्ने विषयमा गरेको खोजिको क्रममा महर्जनलाई भेटाएको जनाईएको छ । रेजर महर्जनले  फेसवुकको प्रयोग गरेको मिति  अक्टोवर १३,२००६ रहेको छ । सन् २००६ वाट फेसवुकले सर्वसाधारणलाई खुल्ला गरेसगै त्यसको एक महिना पछिवाटै महर्जनले नेपालमा फेसवुक प्रयोग सुरु गरेको मेरो रिपोर्टले लेखेको छ । 

महर्जनलाई नेपालमा वसेरै फेसवुक प्रयोग गर्ने पहिलो व्यक्ति घोषण गरिएपनी यद्यपी अरु जोकोहिले सो मितिभन्दा अघाडी फेसवुक प्रयोगको  दावी गर्न सक्नेपनी मेरो रिपोर्ट डटनेटका ईन्द्रध्वज क्षेत्रिले वताउनुभयो । क्षेत्री भन्नुहुन्छ विदेशमा वसेर फेसवुक चलाउने अन्य नेपालीहरुको  मिति महर्जनको भन्दा पहिल्य देखिएपनी हामीले नेपालवाटै प्रयोग गर्नेको  खोजी गरिरहदा अहिल्यसम्म उहाँनै पहिलो प्रयोगकर्ता भएको  पाएका छौ । 



Related

प्रविधि 3749241758859427476

1 commentDefault Comments

  1. Thanks for sharing this article and nominated me(Razer Maharjan) as a first facebook user of nepal.
    Checkout my website for more details
    http://www.rajmaharjan.com.np

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item