‘एमाओवादीका जनता झुक्काउने प्रस्ताव’



भक्तपुर,  असोज २६।
एमाले उपाध्यक्ष बामदेव गौतमले एकीकृत माओवादीले जनता र दलहरुलाई झुक्काउन विभिन्न प्रस्तावहरु ल्याउने गरेको आरोप लगाएका छन् । अनेरास्वबियुले आज भक्तपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले भने, ‘कहिले चुनाव भन्छ, कहिले संविधानसभा पुनःस्थापना भनेर जनता र दलहरुलाई झुक्याउन खोज्छ ।’ उनले जनता र दलहरुलाई झुक्काउन पटक/पटक एमाओवादीले ल्याउने नयाँ प्रस्तावलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताए ।
‘आफू युरोप भ्रमणमा जाने भएकाले फर्किने समयसम्म जनता र दलहरुलाई अल्मलाउन पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापनाको कुरा गरेका छन्,’ उनले भने, ‘एकीकृत माओवादीका दुई जिब्रे कुराबाट एमाले फस्ने पक्षमा छैन ।’नयाँ संविधान घोषण हुन्छ भने एमाले संविधानसभा पुनःस्थापनाका लागि तयार रहेको वताएका गौतमले जालझेलको राजनीति भए आफूहरुले पुनःस्थापनामा सहयोग नगर्ने बताए । उनले भने, ‘राष्ट्र अन्यौलपूर्ण समयबाट गुज्रीरहेकाले राष्ट्रपतिले उचित कदम चालेर मुलुकलाई निकाश दिनु पर्छ ।’

Related

राष्ट्रिय 6469467566819542971

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item