फेसबुक साथी बनाउने र गफिने माध्यममात्र होइन


फेसबुक साथी बनाउने र गफिने माध्यममात्र होइन । यसलाई प्रभावकारी व्यवसायिक साधनको रुपमा पनि प्रयोग गर्न सकिन्छ । कम्पनीहरुले आफ्नो उत्पादनको बजारीकरण गर्न तथा उपभोक्ताहरुसागको सम्बन्धलाई गाढा बनाउन फेसबुकको प्रयोग कामयावी बन्दछ । अहिले धेरै कम्पनीहरुले संचार माध्यममा दिने विज्ञापनमा हामीलाई फेसबुकमा पनि भेट्न सकिन्छ भनेर फेसबुक अकाउन्ट पनि दिएका हुन्छन् ।

वास्तवमा फेसबुक कुनैपनि कम्पनीको उसका ग्राहकसाग दोहोर अन्तरक्रिया गर्ने भरपर्दो माध्यम बन्नसक्छ र फेसबुकका माध्यमबाट ग्राहकका गुनासा र समस्याको तत्कालै समाधान गर्न पनि सकिन्छ । यसले गर्दा ग्राहकमा कम्पनीको सेवाप्रतिको सन्तुष्टिमा वृद्धि हुनजान्छ । फेसबुकमार्फत लक्षित वर्गसम्म पुग्ने बाटो कम्पनीहरुका लागि पनि सहज हुन्छ । व्यापारिक प्रयोजनका लागि फेसबुकको प्रयोग गर्ने केही काइदा यहाँ प्रस्तुत छन् :

· यदि तपाइँको बिजनेस अकाउण्ट छैन भने खोल्नुहोस् र त्यसक्रममा फेसबुकका नियमलाई राम्रोसँग ध्यान दिनुहोस् ।

· आफ्नो प्रोफाइल पूर्ण रुपमा भर्नुहोस् ता की तपाइँलाई अरुले विश्वास गर्न सकोस् ।

· आफ्नो ब्लग र अरु सोसल मिडिया अकाउण्टबाट फेसबुक प्रोफाइलमा आउने सन्देशहरुलाई एकिकृत गर्न उपयुक्त एप्लिकेसन राख्नुहोस् तर त्यसक्रममा अनावश्यक सन्देशहरु आउनेतर्फ सचेत हुनुपर्छ ।

· व्यक्तिगत विषयलाई गोप्य राख्न फेसबुकको प्रोफाइल सेटिङमा गएर प्राइभेट बनाउनुहोस् ।

· आफ्नो प्रडक्ट वा कम्पनीको विश्वसनीयता कायम गर्न वालमा सर्भे तथा अनुसन्धान सम्बन्धि तथ्यांकहरु अपडेट गर्नुहोस् ।

· लक्षित वर्गसम्म प्रडक्टलाई पूराउन गुगल विज्ञापन समेत लिनुपर्छ ।

· प्रडक्ट, ब्रान्ड तथा व्यवसायको प्रवर्धनका लागि फ्यान पेज बाट सुरु गर्न सकिन्छ । अहिले फेसबुक ग्रुप पुरानो भैसकेको छ । फ्यान पेजमा कम्पनीको वेबसाइटमा जाने लिंक तथा कम्पनीको बारेमा जानकारी प्राप्त गर्न सकिने माध्यमका बारेमा जानकारी दिनुहोस् ।

· कम्पनीले गर्न लागेका विभिन्न अन्तरक्रिया, सेमिनार तथा अरु कार्यक्रमको बारेमा फेसबुकमार्फत नै जानकारी गराउनुहोस् ।

Related

विश्व Featured 2995269668893474068

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item