सिन्धुलीमा स्वास्थ्य शिविर सम्पन्न
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_4498.html
दिपक श्रेष्ठ,काठमाडौँ, असोज १५ ।
सिन्धुली जिल्लाको झाँगाझोली रातमाटास्थित भरोसा कम्युनिटी हस्पिटल एवं रिसर्च सेन्टरद्वारा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । निःशुल्क स्वास्थ्य शिविरमा एक हजार दुई सय जनाले साधारण स्वास्थ्य चिकित्सा, बाल, स्त्री, आँखा र हाडजोर्नीसम्बन्धी स्वास्थ्य जाँच गराएका थिए । शिविरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुलभ राजभण्डारीको नेतृत्वमा सात जना चिकित्सकहरुले स्वास्थ्य जाँच गर्नुभएको जनाइएको छ ।
आयोजक भरोसा कम्युनिटी हस्पिटलका अध्यक्ष द्वारिका सूर्यवंशीका अनुसार, सोमबार सम्पन्न स्वास्थ्य शिविरमा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीले निःशुल्क औषधि वितरणको व्यवस्था गरेको थियो ।
भरोसा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित हस्पिटलले अल्ट्रासाउन्ड, ल्याव, एक्सरे र इसीजीमा पचास प्रतिशत छुटको व्यवस्था गरेको जनाइएको छ । १५ शैया क्षमताको सो अस्पताल असोज ११ गतेदेखि सञ्चालनमा आएको हो । सो अस्पतालले रामेछाप र सिन्धुलीका वीपी राजमार्ग आसपासका करिव १२ गाउँ विकास समितिका जनतालाई स्वास्थ्य सेवा दिने लक्ष्य राखेको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !