क्रान्तिकारी पत्रकार संघ सिन्धुलीमा श्रेष्ठ निर्वाचित
http://sindhulidarpan.blogspot.com/2012/10/sindhuli_1.html
ध्रुवचन्द्र खड्का ,
सिन्धुली,असोज १५ ।
सिन्धुली,असोज १५ ।
क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले नविन श्रेष्ठको अध्यक्षतामा दुई सदस्य पछि थप्नेगरि ९ सदस्य नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
उपाध्यक्षमा उमेश परियार, सचिवमा अन्जु तामाङ, सहसचिवमा सुजाता लामा, कोषाध्यक्षमा मनोज दाहाल र सदस्यहरुमा सीता श्रेष्ठ तथा सुमन आइ.डु निर्वाचिन हुनुभएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सचिवालय सदस्य बलराम थापाले पत्रकारहरु सवै एकतावद्ध भएर अघि वढेमा सवै पत्रकारहरुको हित हुने वताउँदै पत्रकारहरुको हक हितका लागि क्रान्तिकारी पत्रकार संघ डटेर लड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !